२४ जेठ २०८३, आइतबार

रास्वपाका बाचालाई जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौं :  गोकुल बास्कोटा

चैत ४, २०८२
काठमाडौं
रास्वपाका बाचालाई जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौं :  गोकुल बास्कोटा
फाइल फोटो

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नयाँ सरकारले काम थालेको तीन महिनासम्म विभिन्न टिप्पणी गर्नु नै बेकार भएको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत उनले अहिले नै रास्वपाले कसरी चलाउँछ भन्दै विभिन्न टिप्पणी गर्नु बेकार रहेको बताएका हुन् । 

रास्वपाका बाचालाई यस पटक जनताले पत्याएका उनको भनाइ छ ।

'रास्वपाले चुनाव जित्यो । चलाउँछन् कसरी ? त्यो उनीहरूकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरूले केही बोल्नु नै बेकार हो । जनता साझा थिए, छन् र हुने नै छन् । फरक कति मात्र हो भने आम जनताको रोजाइमा यस पल्ट उनीहरू परे, अझ यसो भनौं उनका बाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने !,' उनले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्