२२ जेठ २०८३, शुक्रबार
वामपन्थी गढमा बासनाको उदय

कांग्रेसबाट प्रत्यक्षतर्फ जित्ने एक्ली महिला सांसद बासना- काठमाडौंकी छोरी, कर्णालीकी बुहारी [भिडियो]

चैत ४, २०८२
काठमाडौं

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष चुनाव जित्ने एक मात्र सांसद बनिन्– बासना थापा ।

पहिलोपटक संसदीय चुनाव लडेकी थापाले कांग्रेसलाई दैलेख १ बाट सान्त्वना जीत दिलाइन् ।

प्रतिनिधि सभामा कर्णालीबाट प्रत्यक्ष चुनाव जित्ने उनी एक मात्र महिला सांसद हुन् ।

काठमाडौंमा जन्मे/हुर्केकी बासना विवाहपछि दैलेख बसाइँ सरेर गएकी हुन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति शुरू गरेकी बासना दैलेख गएपछि सामाजिक काममा सक्रिय भइन् ।

२०७४ सालको चुनावमा दैलेखको नारायण नगरपालिकाको उपप्रमुखमा प्रतिस्पर्धा गरे पनि पराजित भएकी थापा ०८२ सालमा प्रतिनिधि सभामा निर्वाचित भइन् ।

२०१५ सालको निर्वाचनमा बासनका हजुरबुवा नरबहादुर थापा क्षेत्री काठमाडौं उपत्यका पश्चिम (काठमाडौं–२) मा नेपाल राष्ट्रवादी गोरखा परिषद्‌बाट विजयी भएका थिए ।

त्यही राजनीतिक परिवारकी सदस्य बासनाले यसपटक नयाँको  हावाहुरीबीच कांग्रेसलाई महत्त्वपूर्ण जीत दिलाइन् ।

नेपाली कांग्रेस रूपान्तरण भएको सन्देश गाउँमा पुर्‍याउने पर्याप्त समय नभएकाले यसपटकको चुनावमा अपेक्षित नतिजा ल्याउन नसके पनि अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने बासनाको विश्वास छ ।

कांग्रेस प्रतिपक्षमा बसेर रास्वपा सरकारले गर्ने राम्रा कामको समर्थन र गलत कामको विरोध तथा खबरदारी गर्ने उनले बताइन् ।

काठमाडौंमा जन्मिँदै कर्णालीको बुहारी भएर राजनीतिमा आउन कति चुनौती ब्यहोर्नुपर्ने ?

वामपन्थी गढ र नयाँको बेगमा चुनाव जित्न कति सहज भयो ?

अब संसद्मा कांग्रेसको भूमिका कस्तो हुनेछ ?

यसपटकको चुनावमा दिदी (नायिका विपना थापा) किन आउनुभएन ?

यी लगायत समसामयिक विषयमा बासना थापासँग गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा:

salt training

कमेन्ट गर्नुहोस्