२३ जेठ २०८३, शनिबार

यस्तो छ कोशी मन्त्रिपरिषद् बैठकको निर्णय

जेठ २२, २०८३
मोरङ
यस्तो छ कोशी मन्त्रिपरिषद् बैठकको निर्णय

 कोशी प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको सचिवमा प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आसमान तामाङलाई कामकाजमा खटाउने निर्णय गरेको छ ।

प्रदेश सरकारको आजको बैठकले प्रदेश सचिव पदमा सहसचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गरी कामकाजमा खटाउने समेत निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । 

बैठकले महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन २०८३ कोशी प्रदेशसभामा पेस गर्न स्वीकृत प्रदान गरेको छ भने कोशी प्रदेश भू–उपयोग परिषद्को विशेषज्ञ सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

साथै बहुवर्षीय योजनाको स्रोत सहमतिसम्बन्धी मापदण्ड २०८३ लाई स्वीकृतिका लागि आवश्यक छलफल गर्न सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्