२२ असार २०८३, सोमबार

प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

चैत ६, २०८२
काठमाडौं
प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बस्ने टकबहादुर घर्तीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा उनीविरुद्ध शुक्रबार विशेषमा नै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको मुद्दामा उनलाई सरकारी साक्षी बनाइएको थियो ।

तर घर्तीले आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको बयान तथा मिसिल संलग्न प्रमाणको प्रतिकूल हुने गरी बकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगले उनीविरुद्ध कैद र बिगोबमोजिम जरिवानाको सजायको मागदाबी ​गरेको छ ।

वरिष्ठ लेखा अधिकृत कार्कीविरुद्ध एक लाख रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्