०८ असार २०८३, सोमबार

टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प शुरू, पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

चैत ६, २०८२
काठमाडौं
टाटाको स्प्रिङ एक्सचेन्ज क्याम्प शुरू, पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिको स्प्रिङ एक्सचेन्ज क्याम्प शुरू भएको छ । यो कार्यक्रम यही चैत ६ गतेदेखि  ८ गतेसम्म सञ्चालन हुनेछ ।

यस अफरअन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरू लिन सकिने कम्पनीले जनाएको छ ।

यो अवधिमा जुनसुकै ब्रान्डका पुराना गाडीहरूसँग टाटा ब्रान्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरू साट्न सकिने छ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुममा सञ्चालन हुनेछ ।​

स्प्रिङ एक्सचेन्ज क्याम्प योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ्ग र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ्ग बक्स जडानसहित हरेक बुकिङमा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बम्पर लक्की ड्र मा आइफोन १७ प्रो पनि जित्न सकिने छ।

यस्तै, सो अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्