
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले देशका जटिल समस्या समाधान गर्ने 'विज्ञता र प्रविधि'सहितको गतिशील संस्था बन्नुपर्ने बताएका छन् ।
शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले एमाले केवल राजनीतिक शक्ति मात्र नभएर एउटा गतिशील संस्था बन्नुपर्ने बताएका हुन् । 'अबको एमाले केवल राजनीतिक शक्ति मात्र होइन, देशका जटिल समस्या समाधान गर्ने 'विज्ञता र प्रविधि' सहितको एउटा गतिशील संस्था बन्नुपर्छ। अबको एमाले बचाउन हामीले तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्छ,' उनले भनेका छन् ।
एमाले बचाउन तीनवटा मुख्य क्षेत्रमा तत्काल काम गर्नुपर्ने उनले बताएका छन् । उनले अगाडि सारेका तीन काममा विज्ञतामा आधारित राजनीति, डिजिटल मेरिटोक्रेसी र संरचित पुस्तान्तरण रहेका छन् ।
साथै उनले एमालेले 'इतिहासको ब्याज'मा भन्दा पनि 'भविष्यको लगानी'मा ध्यान दिनुपर्ने बताएका छन् ।
यस्तो छ उनको स्टाटस:
