२६ असार २०८३, शुक्रबार

इरानको प्रसारक केन्द्रमा आक्रमण, एकको मृत्यु

चैत ९, २०८२
काठमाडौं
इरानको प्रसारक केन्द्रमा आक्रमण, एकको मृत्यु

इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासस्थित एक रेडियो तथा टेलिभिजन केन्द्रको ट्रान्समिटरमा आक्रमण भएको छ। इरानको रिभोलुसनरी गार्डसँग आबद्ध अर्ध-सरकारी समाचार एजेन्सी तास्निमका अनुसार यस आक्रमणमा परी केन्द्रमा कार्यरत एक सुरक्षाकर्मीको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्।
होर्मुज स्ट्रेटको ठीक छेउमा रहेको रणनीतिक महत्वको सहर बन्दर अब्बासको 'पर्सियन गल्फ रेडियो र टेलिभिजन सेन्टर' लाई निशाना बनाएर यो आक्रमण गरिएको हो। 

इरानले यस आक्रमणको सिधा जिम्मेवार अमेरिका र इजरायल भएको दाबी गरेको छ। यद्यपि, इरानको यो आरोपलाई हालसम्म कुनै पनि स्वतन्त्र निकायले पुष्टि गर्न सकेका छैनन्।
 

salt training

कमेन्ट गर्नुहोस्