२३ जेठ २०८३, शनिबार

विपन्न विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको 'अवसरको झोला'

चैत ९, २०८२
काठमाडौं
विपन्न विद्यार्थीलाई मुक्तिनाथ विकास बैंकको  'अवसरको झोला'

मुक्तिनाथ विकास बैंकले आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित विद्यार्थीहरूलाई विद्यालय झोला र स्टेशनरी वितरण गरेको छ।

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत 'अवसरको झोला' अभियान सञ्चालन गर्दै बैंकले हरेक बालबालिकामा सपना भए पनि ती पूरा गर्न समान अवसर नहुने यथार्थलाई मध्यनजर गर्दै सञ्चालन गरिएको हो ।  

अभियानमार्फत् वितरण गरिएका झोलाले विद्यार्थीहरूका लागि केवल सामग्री मात्र नभई सम्भावना, आत्मविश्वास र उज्ज्वल भविष्यको आशा बोकेको सन्देश दिएको बैंकले जनाएको छ।

कार्यक्रमका क्रममा झोला ग्रहण गर्दा बालबालिकाको अनुहारमा देखिएको खुसीले उनीहरूमा नयाँ आत्मविश्वास जागेको संकेत गरेको बैंकले उल्लेख गरेको छ। 'अब म पनि सक्छु' भन्ने भावना विकास गराउने उद्देश्यसहित बैंकले यस्तो पहल अघि बढाएको बैंकले जनाएको छ ।

null

यस अभियानसँगै बैंकले शिक्षालाई प्रोत्साहन गर्न विद्यालय पोशाक वितरण गर्नुका साथै मेहनती तथा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै उनीहरूको लगनशीलताको कदर गरेको छ।

null

बैंकका अनुसार हालसम्म सुर्खेत, कालिकोट र धनुषालगायत जिल्लामा करिब ५०० भन्दा बढी विद्यालय झोला वितरण गरिसकिएको छ । यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने प्रतिबद्धता बैंकले जनाएको छ।

null

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले शिक्षा क्षेत्रमा यस्ता सहयोगी अभियानलाई आगामी दिनमा अझ विस्तार गरिने जानकारी दिए।

null

salt training

कमेन्ट गर्नुहोस्