२२ असार २०८३, सोमबार

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

चैत ११, २०८२
काठमाडौं
‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी 'साम्बा'को घुँडाको शल्यक्रिया भएको छ । बुधबार (चैत ११) बिहान डा. साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। 

खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनको भनाइ छ । 'लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु,' सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन् । 

अब त्यहाँकै डाक्टरको निगरानीमा पुनर्स्थापनाको काम भोलिदेखि शुरू हुने उनले जानकारी दिइन् । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनको भनाइ छ । ‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टकै निगरानीमा मेरो रिह्याबको काम भोलिदेखि शुरू हुनेछ,’ उनले लेखेकी छन्।


 

salt training

कमेन्ट गर्नुहोस्