१० साउन २०८३, आइतबार

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिसँग लिए शपथ

चैत ११, २०८२
काठमाडौं
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपतिसँग लिए शपथ

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच केसीले शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए ।

प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते बिहीबारका लागि तोकिएको छ ।

ज्येष्ठ सदस्य केसीले नै सांसदहरूलाई शपथ गराउने छन् । नयाँ सभामुख चयन नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्