पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको नेपालले हालसम्म एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सकेको छैन । एसियाली खेलकुदमा नेपालले जितेको सबैभन्दा ठूलो पदक रजत हो ।
एसियाली खेलकुदको आगामी संस्करण सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा आयोजना हुँदैछ । यसपटक एसियाली खेलकुदमा महत्त्वाकांक्षी लक्ष्यसहित ‘मिसन–२०२६’ अभियान चलाएको छ ।
आगामी एसियाली खेलकुदमा ऐतिहासिक स्वर्णसहित दोहोरो पदक जित्ने लक्ष्यसहित सरकारले यो अभियान सञ्चालन गरेको हो ।
मिसन– २०२६ अन्तर्गत आगामी एसियाली खेलकुदमा पदकको आशा गरिएको विभिन्न खेलका क्षमतावान खेलाडीलाई समावेश गरेर लामो समयदेखि प्रशिक्षण दिइँदै आएको छ ।
आगामी एसियाली खेलकुदमा नेपालले पदकको निकै आश गरेको खेलमध्ये एक कराँते पनि हो । अघिल्लो एसियाली खेलकुदमा पनि कराँतेकी एरिका गुरुङले ऐतिहासिक रजत जितेकी थिइन् ।
हाल मिसन– २०२६ मा रहेकामध्ये कराँतेका सोनिम मानन्धर पनि क्षमतावान खेलाडी हुन् । २४ वर्षीय सोनिमले दोस्रोपटक एसियाली खेलकुदमा सहभागिता जनाउन लागेका हुन् ।
एसियाली खेलकुदमा समावेश गरिने कराँतेका दुई विधामध्ये सोनिम काता खेलाडी हुन् । नेपालले हालसम्म एसियाली खेलकुदमा कातातर्फ पदक जित्न सकेको छैन ।
त्यसैले सोनिम पनि २०औँ एसियाली खेलकुदमा ऐतिहासिक पदक जित्ने लक्ष्यसहित अहिले मिसन–२०२६ अभियानमा रहेर तयारी गरिरहेका छन् ।
यसैक्रममा, उनको खेल यात्रा, अघिल्लो सहभागिताबाट लिएको शिक्षा, मिसन–२०२६ सँग जोडिएका खेलाडीको अवस्था, आगामी एसियाली खेलकुदका लागि भइरहेको तयारीजस्ता विषयमा केन्द्रित रहेर लोकान्तरले सोनिमसँग कुराकानी गरेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध सोनिमले कुराकानीका क्रममा एसियाली खेलकुदका लागि गतिलो तयारी गरिरहेको बताएका छन् । उनले मिसन–२०२६ का अतिरिक्त विभागीय टोलीबाट पनि कडा परिश्रम गरिरहेको बताए ।
सोनिमको भनाइका हाइलाइट्स:
० सहज छैन राष्ट्रिय टोलीमा स्थान बनाउन, प्रतिस्पर्धा चर्को छ ।
० मिसन–२०२६ सँगै विभागीय टोलीमा पनि नियमित प्रशिक्षण गर्दैछु ।
० प्रतिद्वन्द्वी बलिया छन्, तर हामी पनि कमजोर छैनौँ ।
० नियमित प्रतियोगिताले प्रदर्शनमा निखार ल्याएको छ ।
‘प्रतिद्वन्द्वी बलिया छन्, तर हामी पनि कमजोर छैनौँ’
प्रस्तुत छ, सोनिमसँग गरिएको कुराकानीको सम्पादित अंश :