
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल (डीपी) सभामुख बन्ने भएका छन् ।
रास्वपाको उच्च तहमा उपसभापति अर्याललाई सभामुख बनाउने सहमति भएको हो ।
अर्याल यसअघि श्रममन्त्री समेत रहिसकेका छन् ।
सभापति रवि लामिछाने कारागारमा छँदा लामो समयसम्म उनले सफलतापूर्वक पार्टी हाँकेका थिए ।
शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रीहरूले शपथ लिनेछन् ।
सभामुख चयनका लागि भने केही दिन लाग्नेछ ।