
अर्थमन्त्री स्वर्णिम वाग्लेले कानूनी सुधारको रोडम्याप बनाएर अगाडि बढ्ने बताएका छन् ।
शुक्रबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै उनले टुक्रे योजनामा काम गर्न नहुने बताएका हुन् ।
पुराना कानूनमा टेकेर १५ ऐनलाई खारेज गरेर अगाडि बढ्ने उनको भनाइ छ । 'नेपालको अर्थतन्त्रलाई रूपान्तर गर्ने गरी बजेट ल्याइनेछ । कानूनी सुधारको रोडम्याप नै बनाएर जानेछौं । निजी क्षेत्रको सुरक्षाको विषय उठिरहेको छ,' त्यसलाई मध्यनजर गर्दै, निजी क्षेत्रका संगठनसँग छलफल गरेर अगाडि बढ्नेछौं ।'