
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह पूजापाठ गरेर बालुवाटारस्थित सरकारी निवास छिरेका छन् ।
शुक्रबार प्रधानमन्त्रीको निवासमा प्रवेश गर्ने क्रममा बालेनले पूजापाठ गरेका हुन् ।
प्रांगणमा विधिपूर्वक पूजा गर्नुका साथै उनले प्रवेशद्वारमा पनि पूजा गरेका थिए ।
बालेनले शुक्रबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।
शपथका लागि पनि मध्याह्न १२:३४ को शुभसाइत रोजिएको थियो ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्की निजी निवासमा फर्किएपछि बालेनका लागि बालुवाटार खाली गरिएको थियो ।




