
नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।
पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले पक्राउ गरेपछि इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका हुन् ।
इतर समूहमा रहेका झण्डै २० जना नेताहरू अहिले ठमेलको एक होटलमा छलफलमा छन् ।
छलफलको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका हुन् ।
बैठकमा खड्कासँगै डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत सहभागी छन् ।