
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार साँझ विज्ञप्तिमार्फत केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको जानकारी दिएका हुन् ।
'नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत १८ गते बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,' दुलालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
