०१ असार २०८३, सोमबार

धनकुटा मालपोतका तत्कालीन कार्यालय प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

चैत १६, २०८२
काठमाडौं
धनकुटा मालपोतका तत्कालीन कार्यालय प्रमुखसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलियासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा कायम गराएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले थपलियाका साथै छुट जग्गा दर्ता समितिका सदस्य तथा शाखा अधिकृत टंकप्रसाद दुवाडी, नापी कार्यालय धनकुटाका तत्कालीन सर्वेक्षक राजेन्द्रप्रसाद यादव, साबिक तांखुवा गाविसका सचिव भक्तबहादुर भट्टराई, मालपोतका नायब सुब्बा छविलाल फुयाँल तथा जग्गाधनी माधवबहादुर भट्टराईलाई मुख्य आरोपी बनाएर मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

सहायक प्रवक्ता अधिकारीका अनुसार उनीहरूले आपसी मिलेमतोमा धनकुटाको साबिक तांखुवा गाविस ९ मा रहेको कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ अन्तर्गतको सरकारी जग्गा गैरकानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराएका थिए । उक्त जग्गा २०६६ साल मंसिर २१ गते माधवबहादुर भट्टराईको नाममा कायम गरिएको पाइएको आयोगको दाबी छ ।

आयोगले मुख्य आरोपी थपलिया, शाखा अधिकृत दुवाडी र सर्वेक्षक यादवविरुद्ध ६७ लाख ६८ हजार रुपैयाँ बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

यस्तै, नायब सुब्बा छविलाल फुयाँल, तत्कालीन गाविस सचिव भक्तबहादुर भट्टराई र जग्गाधनी माधवबहादुर भट्टराईविरुद्ध ६७ लाख ६८ हजार रुपैयाँ बिगोसहित थप १० लाख रुपैयाँ जरिवाना र कैद सजायको मागदाबी आयोगको छ ।​​

यस्तै, आयोगले ​हाल जग्गाधनी रहेका खगेन्द्रबहादुर थापा, हिमादेवी बस्नेत, कुमारी मगर, मित्रबहादुर मगर, अम्बरबहादुर मगर, पदमबहादुर सिंजाली, निर्मला घिमिरे, इन्द्रबहादुर मगर तथा स्वर्गीय पूर्णबहादुर थापाको हक सकार गर्ने राजेन्द्र थापासहितलाई पनि प्रतिवादी बनाएको छ ।

यस्तो छ आयोगको विज्ञप्ति : 

salt training

कमेन्ट गर्नुहोस्