०९ साउन २०८३, शनिबार

नवनिर्वाचित सांसदलाई धुम्बाराहीमा देउवा-कोइराला समूहको बधाई कार्यक्रम

चैत १६, २०८२
काठमाडौं
नवनिर्वाचित सांसदलाई धुम्बाराहीमा देउवा-कोइराला समूहको बधाई कार्यक्रम

नेपाली कांग्रेसको देउवा-कोइराला समूहले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । 

धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा हुने कार्यक्रममा अहिले नेताहरू पुग्ने क्रम जारी रहेको छ । 

नेतारहरू पूर्णबहादुर खड्का, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, मीनेन्द्र रिजाल, बलबहादुर केसी, जीवन परियार, बद्री पाण्डे, महालक्ष्मी उपाध्याय 'डिना' लगायतका नेताहरू कार्यक्रम स्थलमा पुगिसकेका छन् । 

उक्त बधाई तथा शुभकामना कार्यक्रममा  राष्ट्रियसभा सदस्यहरू रञ्जीत कर्ण, खम्मबहादुर खाती, चन्द्र केसी, जगत तिमलसिना, विष्णुदेवी पुडासैनी, कृष्णबहादुर रोकाया, जीतजंग बस्नेत, विष्णुकुमारी सापकोटा पुगेका छन् ।

यसैगरी प्रतिनिधिसभा सदस्य सीता थपलिया (उर्मिला), रीना उप्रेती, टेकबहादुर गुरुङ, गंगालक्ष्मी अवाले पनि कार्यक्रम स्थलमा पुगिसकेका छन् । 

यता, कांग्रेसको इतर समूह सक्रिय बनेपछि संस्थापन पक्ष छलफलमा जुटेको छ ।

असन्तुष्ट समूहले समानान्तर गतिविधि शुरू गरेपश्चात् पार्टी संस्थापन समूह छलफलमा जुटेको हो ।

असन्तुष्ट समूहले भोलिका लागि केन्द्रीय समिति बैठक बोलाएपश्चात सभापति गगन थापासहित केन्द्रीय पदाधिकारी अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसिरहेका कांग्रेस स्रोतले जानकारी दियो ।

salt training

कमेन्ट गर्नुहोस्