२९ असार २०८३, सोमबार

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

चैत १६, २०८२
काठमाडौं
महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो ।

काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईका यो विषय उच्च अदालत पाटनमा विचाराधीन रहेकाले इजलासले अनुमति दिन अस्वीकार गरेको हो ।

उच्च अदालतबाट नटुंगिएसम्मका लागि अनुमति दिन नमिल्ने आदेश भएको उनले लोकान्तरसँग बताए ।

‘यसअघि नै त्यस विषयमा मुद्दा नचलाउने निर्णय भएको रहेछ । त्यस निर्णयविरुद्ध उच्च अदालत पाटनमा परेको मुद्दामा सक्कल मिसिलसहितको फाइल झिकाउने आदेश भएको रहेछ,’ भट्टराईले लोकान्तरसँग भने, ‘उता मुद्दा अन्तिम नहुञ्जेलसम्मलाई यहाँबाट पक्राउ अनुमति दिन मिलेन भनेर आदेश भएको हो ।’
 

कमेन्ट गर्नुहोस्