
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका एकजना सईलाई घुस लिँदै गर्दा काठमाडौंबाट पक्राउ गरेको छ ।
२० हजार रकमसहित मालीगाउँ प्रहरी वृत्तका सई दिनेश राउतलाई पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।
यस सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए ।