१० साउन २०८३, आइतबार

सपना प्रधान मल्ल सर्वोच्चको कामु प्रधानन्यायाधीश

चैत १८, २०८२
काठमाडौं
सपना प्रधान मल्ल सर्वोच्चको कामु प्रधानन्यायाधीश

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीश भएकी छन् । 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण मंगलबार सेवा निवृत्त भएपछि मल्लले बुधबारदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी हुन् । 

२०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन् । 

मल्ल भने २०७३ साउन १७ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । 

नेपालको संविधानको धारा १२९ (९) मा प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने उल्लेख छ ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम अघिल्लो महिना नै सिफारिस गरेको छ ।

प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । 

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्