१३ असार २०८३, शनिबार

जेनजी आन्दोलनमा पक्राउ परेकालाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

चैत १८, २०८२
काठमाडौं
जेनजी आन्दोलनमा पक्राउ परेकालाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनमा पक्राउ परेर हाल थुनामा रहेकाहरूलाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग बस्ने ४५ वर्षीय हरिबहादुर थापा मगर र ३६ वर्षीया मिठु मगर भन्ने अनिता थापा मगर रहेका छन् ।

उनीहरूले गत भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रही हाल कारागार कार्यालय सुन्धारामा पुर्पक्षका लागि थुनामा रहेका ३ जनालाई रिहा गराउने भन्दै ९ लाख रूपैयाँ असुलेको प्रहरीले जनाएको छ । 

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका हरिबहादुर र अनिता श्रीमान-श्रीमती रहेको प्रहरीले बताएको छ ।

हरिबहादुरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी धरौटीमा छुटाइदिन्छु, धरौटी बापतको रकम दिनुपर्छ भनी श्रीमती अनिताको खातामा ९ लाख रूपैयाँ जम्मा गर्न लगाइ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्