१९ असार २०८३, शुक्रबार

पर्सा मालपोतका तत्कालीन अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत १८, २०८२
काठमाडौं
पर्सा मालपोतका तत्कालीन अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र , भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल र सुरेन्द्रप्रसाद राव कुर्मीससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

एकै नम्बरका दोहोरो, तेहेरो रजिस्ट्रेसन नम्बर राखी एक भन्दा बढी लिखत पारित गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

साथै रजिस्ट्रेसन लिखत दर्ता किताबमा प्रविष्टि भएका एकै दर्ता नम्बर कायम भएका दोहोरो/तेहेरो लिखतहरूबाट प्राप्त राजश्व रकम लेखा फाँटमा समेत नबुझाएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।

राजश्व बापतको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजश्व हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ ।

आयोगले मालपोत अधिकृतहरूका साथै तत्कालीन नायब सुब्बा स्वर्गीय किरानाप्रसाद उपाध्यायको हकमा उनका अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायलाई पनि प्रतिवादी कायम गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्