१३ असार २०८३, शनिबार

विपद्‌मा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

चैत १८, २०८२
काठमाडौं
विपद्‌मा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
फाइल फोटो

गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन् । 

आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भएको छलफलमा गृहमन्त्री गुरुङले विपद्‌मा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने जानकारी दिएका हुन् ।

उनले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको उद्धारमा खटिएकामा धन्यवाद समेत व्यक्त गरेका सशस्त्रका केन्द्रीय प्रवक्ता, सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले जानकारी दिए ।

सो क्रममा गृहमन्त्री गुरुङले आम नागरिकको जिउ ज्यानभन्दा ठूलो पैसा नभएको उल्लेख गर्दै आपत् विपद्‌मा परेका नागरिकको सेवा सुरक्षा गर्नका लागि नेपाल सरकार, गृहमन्त्रालयलगायत सुरक्षार्मीहरू तयारी अवस्थामा रहन निर्देशनसमेत दिए ।

गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बल नेपालमा कार्यरत सम्पूर्ण सशस्त्र प्रहरीलाई विपद् शुरू हुनु पूर्व नै तयारी अवस्थामा रहन निर्देशन दिनुका साथै सशस्त्र प्रहरी बल नेपालको जनशक्ति अब ब्यारेकमा नभएर मैदानमा हुनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्