१० साउन २०८३, आइतबार
संसदको पहिलो बैठक

रवि र बालेनलाई वर्षमानको सुझाव- पार्टी र सरकार टिकाउनुहोला

चैत १९, २०८२
काठमाडौं
रवि र बालेनलाई वर्षमानको सुझाव- पार्टी र सरकार टिकाउनुहोला

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पार्टी र सरकार टिकाउन सुझाव दिएका छन् । 

प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार पार्टीका तर्फबाट सम्बोधन गर्दै उनले रास्वपाको जस्तै प्रचण्ड बहुमत विगतमा माओवादीको पनि आएको तर त्यसलाई टिकाउन नसकेको सुनाएका हुन् । रोस्ट्रमबाट उनले २०६४ को र २०७४ को निर्वाचनको नतिजा र त्यसको दृष्टान्त प्रस्तुत गरे ।

‘२०६४ सालतिर माओवादीले यस्तै विजयी हासिल गरेको थियो । २०७४ सालमा पनि झन्डै दुई तिहाइ थियो‚’ उनले भने‚ ‘हामीले त्यसलाई सदुपयोग गर्न जानेनौं । हाम्रो कमीलाई शिक्षा लिएर देशलाई अघि लैजानु होला ।’

उनले राष्ट्र निर्माणका लागि र लोकतन्त्रको सर्भिसिङ गर्न नेकपाले सरकारलाई साथ दिने पनि बताए । साथै, उनले नवयुवाले आफूहरूले विगतमा गरेको विकासको गतिले नपुगेर जेनजी विद्रोह गरेको पनि उल्लेख गरे ।

‘नवयुवाहरूले सुशासनले पुगेन भनेर सडकमा विद्रोह गरे । त्यसलाई स्वीकार गरेर हामी निर्वाचनमा गयौं र आएको नतिजा हामीले स्वीकार गर्‍यौं‚’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्