
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभए उपराष्ट्रपति जेडी भान्सलाई दोष दिने बताएका छन् ।
तर, सम्झौता भए आफूले क्रेडिट लिने उनको भनाइ छ । 'यदि यो सम्झौता भएन भने, म उपराष्ट्रपति जेडी भान्सलाई दोष दिनेछु। यदि यो भयो भने म पूर्ण श्रेय लिनेछु,' ह्वाइट हाउसमा इस्टर लन्चको क्रममा ठट्टा गर्दै ट्रम्पले भने ।
अमेरिकाले इरानको सबैभन्दा ठूलो पुलमा आक्रमण गरेको ट्रम्पले घोषणा गरेका छन् ।
ट्रम्पले ट्रुथ सोसलमा एउटा भिडियो पनि सेयर गरे, जसमा विस्फोट भएको ठाउँबाट कालो धुवाँ निस्किरहेको देखाइएको छ। 'इरानको सबैभन्दा ठूलो पुल भत्काइएको छ र ध्वस्त पारिएको छ।'