०९ साउन २०८३, शनिबार

ट्रम्पले भने- हामी विजेता हौँ, इरानलेभन्दा हामीले हर्मुज जलमार्गबाट शुल्क लिन पाउनुपर्छ

चैत २४, २०८२
काठमाडौं
ट्रम्पले भने- हामी विजेता हौँ, इरानलेभन्दा हामीले हर्मुज जलमार्गबाट शुल्क लिन पाउनुपर्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध समाप्त भएपछि इरानले नभई संयुक्त राज्य अमेरिकाले हर्मुज जलमार्गबाट टोल (ट्याक्स) लिन सक्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले इरानभन्दा अमेरिका विजेता भएकाले आफूहरूले शूल्क उठाउन सक्ने बताए । 'हामीले किन टोल लिनु हुँदैन ? म उनीहरूले टोल लिनुभन्दा हामीले किन टोल लिनु हुँदैन ? हामी विजेता हौं। हामीले जितेका छौं,' पत्रकारहरूले इरानलाई होर्मुज जलमार्गबाट चार्ज गर्न अनुमति दिने सम्झौता स्वीकार गर्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा ट्रम्पले जवाफ दिए ।

ट्रम्पले जलमार्ग खोल्नु इरानसँगको कुनै पनि शान्ति सम्झौताको सर्तहरूमध्ये एक हुनुपर्ने बताए । 'हामीलाई एउटा सम्झौता चाहिन्छ, जुन मलाई स्वीकार्य होस् र त्यो सम्झौताको अंश तेलको स्वतन्त्र प्रवाह हुनेछ।'

salt training

कमेन्ट गर्नुहोस्