
बर्दियाको बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेका मल्लविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
सहायक प्रवक्ता अधिकारीका अनुसार मल्लले बारबर्दिया नगरपालिका वडा नम्बर ७ मा रहेको विद्यालयको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस मागेका थिए ।
सोही सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगंजबाट खटिएको टोलीले मल्ललाई पक्राउ गरेको थियो ।
आयोगले १ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गरेको छ ।