०७ असार २०८३, आइतबार

युद्धविराम घोषणाबीच खाडीमा मिसाइल प्रहार

चैत २५, २०८२
काठमाडौं
युद्धविराम घोषणाबीच खाडीमा मिसाइल प्रहार

अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएको खबर सार्वजनिक भइरहँदा खाडी मुलुकहरूमा भने आक्रमणको सिलसिला रोकिएको छैन । संयुक्त अरब इमिरेट्स (यूएई)को रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको पुष्टि गरेको हो । 

यूएईको हवाई रक्षा प्रणालीले ती आउँदै गरेका मिसाइलहरूलाई बीचमै नष्ट गर्ने प्रयास गरिरहेको मन्त्रालयले जनाएको छ ।

छिमेकी राष्ट्र साउदी अरबले पनि आफ्नो देशको पूर्वी क्षेत्र र राजधानी रियादमा आपत्कालीन अलर्टहरू जारी गरेको छ । साउदी सरकारले सम्भावित खतराको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन सल्लाह दिएको छ । 

अमेरिका र इरानबीच दुई साता युद्वविराम सहमति भएको छ । 
 

कमेन्ट गर्नुहोस्