
इजरायली अधिकारीहरू अमेरिकाले इरानसँग गरेको अस्थायी युद्धविराम सम्झौताबारे चिन्तित देखिएका छन् । स्रोतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्व पछ्याउँदै इजरायलले युद्धविरामको पालना गर्ने बताएको सीएनएनले जनाएको छ ।
तर इजरायलको सूचीमा अझै पनि धेरै लक्ष्यहरू रहेको स्रोतले बतायो ।
वार्ता जारी रहँदा इजरायलले आफ्नो बम विष्फोट अभियान स्थगित गर्न पनि सहमति जनाएको समाचारमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयका अनुसार लेबनान अमेरिका, इजरायल र इरानबीचको दुई हप्ताको युद्धविरामको हिस्सा होइन। 'इजरायलले इरानले तुरुन्तै जलमार्ग खोल्ने र अमेरिका, इजरायल र यस क्षेत्रका देशहरूमाथि सबै आक्रमणहरू बन्द गर्ने राष्ट्रपति ट्रम्पको निर्णयलाई समर्थन गर्दछ,' नेतान्याहूको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, 'दुई हप्ताको युद्धविराममा लेबनान समावेश छैन ।'