३० जेठ २०८३, शनिबार

ब्राउन सुगरसहित २ जना पक्राउ

चैत २५, २०८२
भक्तपुर
ब्राउन सुगरसहित २ जना पक्राउ

भक्तपुरको सूर्यविनायकबाट ​ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका ६ घर भई हाल काठमाडौं बौद्ध बस्ने ३० वर्षीय राजकुमार तामाङ र भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नलिञ्चोक घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने ३७ वर्षीय प्रणय केसी छन् ।

उनीहरूलाई भक्तपुरको सूर्यविनायक नगरपालिका ६ पाण्डुबजारमा रहेको चिया पसलबाट मंगलबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ​प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगूले जानकारी दिए ।​

डीएसपी जबेगूका अनुसार उनीहरूको साथबाट ६.७१ ग्राम ब्राउन सुगर बरामद भएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्