
जेनजी आन्दोलनबाट उदाएका रास्वपा सांसद पुरूषोत्तम यादवले नेकपा एमालेका नेता रामबहादुर बादललाई भूतले छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकको शून्य समयमा यादवले केपी ओलीलाई छलेको भूतले बादललाई पनि छलेको भन्दै झाँक्रीको व्यवस्था गर्न माग गरेका हुन् ।
‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु, भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्,’ यादवले ओलीको नाम उच्चारण नगरी अगाडि भने, ‘जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने, अस्पतालको बेडमा छ । कुविचार यो संसदमा पठाउँदैछ ।’
एमाले संसदीय दलका नेता समेत रहेका बादलले भदौ २३–२४ को जेनजी आन्दोलन र फागुन २१ को चुनावमा भएको रास्वपाको विजयप्रति कडा टिप्पणी गरेका थिए । यादवले जेनजी आन्दोलन न्यायका लागि भएको दाबी गरे ।