
शेयर बजार परिसूचक नेप्से ४५ दशमलव १२ अंकले बढेको छ ।
बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि निरन्तर ओरालो लागेको शेयर बजार सोमबारदेखि केही बढ्न थालेको थियो ।
यसक्रममा बुधबार १.६३ प्रतिशतको वृद्धि देखिएको हो ।
शेयर बजार बढ्दा कारोबार रकम भने ८ अर्ब ३१ करोडमा खुम्चिएको छ ।
समूहगतरूपमा बुधबार उत्पादन तथा प्रशोधन क्षेत्रमा ३.८७ प्रतिशतको वृद्धि भएको छ ।
यस्तै, होटल र हाइड्रो पावर पनि २ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।