२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशले ‘डीएलएस’ नियमका आधारमा गण्डकीलाई हरायो

चैत २५, २०८२
काठमाडौं
प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशले ‘डीएलएस’ नियमका आधारमा गण्डकीलाई हरायो

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधबारको खेलमा मधेश प्रदेशले गण्डकी प्रदेशलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १८ रनले हराएको छ ।

प्रतिकूल मौसमका कारण खेल ३५/३५ ओभरमा झारिएको थियो । वीरगञ्जस्थित नारायणी रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ३४.५ ओभरमा अलआउट हुँदै एक सय ७२ रन बनाएको थियो ।

त्यसपछि फेरि प्रतिकूल मौसमका कारण खेल प्रभावित भएपछि गण्डकी प्रदेशले २२ ओभरमा ९९ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

तर, जवाफी ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २२ ओभरमा पाँच विकेट गुमाएर ८० रनमात्र बनाउन सक्यो ।

गण्डकी प्रदेशका लागि ओपनर अर्जुन कुमालले अविजित ४९ रन बनाए । दीपक डुम्रेले १३ रन जोडे ।

त्यसअघि, मधेश प्रदेशका लागि ओपनर मायान यादवले ४३, विशाल सुस्लिङले अविजित ४०, कप्तान अनिल साहले ३६ रन बनाएका थिए ।

विशाल सुस्लिङ प्लेयर अफ दि म्याच घोषित भए । गण्डकी प्रदेशका बलर अपराजित पौडेल र सुवास भण्डारीले तीन/तीन विकेट लिए ।

salt training

कमेन्ट गर्नुहोस्