३० जेठ २०८३, शनिबार

पाटन घटना : क्षणभरकै आवेगले दाजुभाइको हत्या, १० मिनेटमै आरोपित समातीए

चैत २६, २०८२
काठमाडौं
पाटन घटना : क्षणभरकै आवेगले दाजुभाइको हत्या, १० मिनेटमै आरोपित समातीए

ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट दुई जनाको हत्या भएको छ । चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको प्रहरीले जनाएको छ । 

चक्कु प्रहारबाट गम्भीर भएका उनीहरूलाई अस्पताल लगिएको थियो । उनीहरूको उपचारकै क्रममा निधन भएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-९ भोलढोका बस्ने ३२ वर्षीय संजिव नेपाल र नवलपरासी घर भई हाल ललितपुर-८ सुबहाल बस्ने २१ वर्षीय गगन सुनार रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट चक्कु बरामद भएको छ । 

घटना भएको १० मिनेटमै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । घटना भएको थाहा पाएलगत्तै ललितपुर प्रहरी परिसर प्रमुख एसएसपी होविन्द्र बोगटी आफैँ खटिएका थिए । चारैतिरबाट घेरा हालेर उनीहरूलाई समातिएको प्रहरीले जनाएको छ । 

नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीवको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ ।

नेम्बाङ दाजुभाइ र अपरिचित नेपालबीच फोनमै भनाभन भई इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए । त्यसपछि घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्