२२ असार २०८३, सोमबार

इरानले भन्यो- बल अब अमेरिकाको कोर्टमा छ

चैत २६, २०८२
काठमाडौं
इरानले भन्यो- बल अब अमेरिकाको कोर्टमा छ

इरानका विदेश मन्त्री अब्बास अराघचीले लेबनानमा भइरहेको इजरायली आक्रमणलाई लिएर अमेरिकासमक्ष प्रश्न उठाएका छन्। उनले अमेरिकाले अब युद्ध वा युद्धविराममध्ये एउटा स्पष्ट बाटो रोज्नुपर्ने बताउँदै बल अब उसकै कोर्टमा रहेको टिप्पणी गरेकाहुन् ।

विदेश मन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'इरान-अमेरिका युद्धविरामका शर्तहरू स्पष्ट छन्– अमेरिकाले रोज्नुपर्छ, कि त युद्धविराम वा इजरायल मार्फत जारी युद्ध। यी दुवै कुरा एकैसाथ अघि बढ्न सक्दैनन्।'

उनले लेबनानको स्थितिलाई लिएर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै अगाडि भनेका छन्, 'अहिले सारा विश्वले लेबनानमा भइरहेको कत्लेआम देखिरहेको छ। अब बल अमेरिकाको कोर्टमा छ, विश्वले नियालिरहेको छ कि अमेरिकाले आफ्ना बाचाहरू पूरा गर्छ वा गर्दैन।'

इरान र अमेरिकाबीच युद्धविरामको घोषणा भएपछि इजरायलले त्यसको समर्थन त गरेको छ । तर उसले यो युद्धविराम 'लेबनानको हकमा लागू नहुने' अडान राख्दै आएको छ। सोही कारण इजरायली सेनाले लेबनानमा आफ्ना आक्रमणहरूलाई निरन्तरता दिइरहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्