
इजरायलले इरान र अमेरिकाबीचको युद्धविराममा मध्यस्थता गर्ने पाकिस्तानलाई भरपर्दो खेलाडी नभएको दाबी गरेको छ । भारतका लागि इजरायलका राजदूत रुवेन अजरले पाकिस्तानलाई आफूहरूले भरपर्दो खेलाडी नमानेको बताए ।
'हामी पाकिस्तानलाई भरपर्दो खेलाडी मान्दनौं। मलाई विश्वास छ कि अमेरिकाले आफ्नै कारणले पाकिस्तानको सहयोग लिने निर्णय गरेको छ,' एएनआईसँग कुरा गर्दै उनले भने, 'हामीले पहिले पनि देखेका छौं कि अमेरिकाले हमाससँग सम्झौता गर्न कतार र टर्कीजस्ता देशहरूलाई कसरी फाइदा पुर्याएको छ । हामीले पुग्न चाहेको परिणाम प्राप्त गर्न अमेरिकासँग समन्वय कायम राख्नु हाम्रो लागि धेरै महत्त्वपूर्ण छ।'
अर्कोतर्फ, इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविरामको लागि मध्यस्थता गर्ने प्रयासको लागि पाकिस्तानी प्रधानमन्त्री र फिल्ड मार्शललाई धन्यवाद दिए। अमेरिकाले पनि पाकिस्तानको मध्यस्थतालाई स्वीकार गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पनि युद्धविराम घोषणाको लागि अमेरिका र इरानलाई धन्यवाद दिएका छन् ।