
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुरलाई समर्थन गरेको छ ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सांसद बनेकी ठाकुरलाई समर्थन गर्ने निर्णय भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
यसअघि उपसभामुख राप्रपालाई दिने कि श्रम संस्कृति भन्नेमा रास्वपाभित्र दुई धार देखिएको थियो ।
अन्तिममा रास्वपाले श्रम संस्कृतिलाई सघाउने तय भएको हो । ठाकुरले बिहीबार उम्मेदवारी समेत दर्ता गराएकी छन् ।