233 shares
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
सरकारले उनीहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको हो ।