१२ साउन २०८३, मंगलबार

उपसभामुखमा कांग्रेसले श्रम संस्कृतिकी रुविलाई समर्थन गर्ने

चैत २७, २०८२
काठमाडौं
उपसभामुखमा कांग्रेसले श्रम संस्कृतिकी रुविलाई समर्थन गर्ने

नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट अघि सारिएकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ । 

शुक्रबार बसेको संसदीय दलको बैठकले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको एक सांसदले जानकारी दिए । 

उनका अनुसार संसद्‍मा कांग्रेसको तर्फबाट सांसद बासना थापाले समर्थनको सम्बोधन गर्नेछन् ।

उपसभामुखमा श्रम संस्कृतिले ठाकुर र राप्रपाले सरस्वती लामालाई अघि सारेका छन् ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि श्रम संस्कृति पार्टीकी ठाकुरलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्