२७ जेठ २०८३, बुधबार

प्रतिस जीसीको ५ विकेटको मद्दतमा बागमतीले मधेशलाई हरायो

चैत २७, २०८२
काठमाडौं
प्रतिस जीसीको ५ विकेटको मद्दतमा बागमतीले मधेशलाई हरायो

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई ३५ रनले हराएको छ ।

बागमतीसँग हारे पनि मधेश प्रदेश तालिकाको चौथो स्थानमा यथावत् छ । मधेश प्रदेशले सात खेलमा नौ अंक बटुलेको छ । आठ खेलबाट आठ अंक जोडेको बागमती तालिकाको छैटौँ स्थानमा छ ।

वीरगञ्जस्ति नारायणी रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ४८.४ ओभरमा अलआउट हुनुअघि दुई सय आठ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशको टोलीले भने ३४.३ ओभरमै अलआउट हुनुअघि एक सय ७३ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको बागमती प्रदेशका लागि विकेट किपर ब्याट्सम्यान उत्तम मगरले ४४, कप्तान सन्दीप लामिछानेले ३६ र रिन्जिन लामाले २९ रन बनाए ।

मधेश प्रदेशका बलर पवन सर्राफले तीन तथा रञ्जित कुमार र मोहम्मद आदिल आलमले दुई/दुई विकेट लिए । अरनिको यादव, प्रदीप पासवान र विशाल पटेलले पनि एक/एक विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको कोशी प्रदेशलाई लक्ष्यसम्म पुग्न नदिन प्रतिस जिसी एक्लैले पाँच विकेट लिए । उनले ९.३ ओभरमा ५५ रन खर्चिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए ।

रिजन ढकालले दुई तथा सन्दीप लामिछाने र सुवाष खत्रीले एक/एक विकेट हात पारे । मधेश प्रदेशका लागि ओपनर मयान यादवले सर्वाधिक ४० रन बनाए । मोहम्मद आदिल आलमले २७, कप्तान अनिल साहले २६ र विशाल सुस्लिङले २१ रन जोडे ।

salt training

कमेन्ट गर्नुहोस्