२९ जेठ २०८३, शुक्रबार

वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ठगी, दुई जना पक्राउ

चैत २८, २०८२
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभनमा ९१ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१ लाख ९० हजार ठगेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर रकम ठगेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र सोही जिल्लाको वनगाड कुपिन्डे नगरपालिका–८ को २४ वर्षीय घने बुढालाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

अभियुक्तद्वयलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्