३० जेठ २०८३, शनिबार

स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जना पक्राउ

चैत २८, २०८२
काठमाडौं
स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जना पक्राउ

सुनसरीको कोशी गाउँपालिकाबाट स्रोत नखुलेको साढे ६ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने ५८ वर्षीय रामलखन यादव र भारत सुपौल छिटही हनुमाननगर १५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।

उनीहरूलाई कोशी गाउँपालिका ८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रुपैयाँ र १२ हजार ९ सय ५० भारतीय रुपैयाँसहित २ शुक्रबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ​को २१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्