
काजकिस्तानको अल्माटिमा सम्पन्न फिडे वर्ड स्कूल टिम चेस च्याम्पियनसिपअन्तर्गत एसियन कन्टिनेन्टल स्टेजको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका उदीयमान खेलाडी निहाना श्रेष्ठले ७ खेलबाट ५.५ अंक जोडेर आफ्नो व्यक्तिगत चौथो वोर्ड समूहमा नेपालका लागि रजत पदक जितेकी छिन् ।
उनले अस्ट्रेलिया, भारत, हङकङ, उज्बेकिस्तानत र सिङ्गापुरका खेलाडीमाथि जित हासिल गरिन् भने चिनविरुद्ध बराबरी र पाकिस्तानसँग एकमात्र हारको नतिजा निकालिन् ।
प्रतियोगितामा नेपाली टोलीले भने मिश्रित खेल प्रस्तुत गर्यो ।
आठ चरणको टिम स्पर्धामा नेपाली टोलीले तीन जित, एक बराबरी र चार खेलमा पराजित हुँदै सात अंक जोड्यो । नेपालका लागि गत संस्करणका राष्ट्रिय विजेता मार्भलस इङ्लिस बोर्डिङ स्कूलका ब्रिजनन्दन दास, कृष्टि रिजाल, आकाश शरन कुँवर, निहाना श्रेष्ठ र सुहानी सिंहले सहभागिता जनाएका थिए ।
नेपाली टोलीको व्यवस्थापकमा महासंघका सदस्य निरञ्जन प्रजापति र प्रशिक्षकमा रिजेन्द्र राजभण्डारी थिए ।
एशिया, अफ्रिका, अमेरिका र युरोप गरी चार महादेशीय छनोट चरणपछि प्रत्येक चरणको विजेता चार राष्ट्रिय टोलीले डिसेम्बरमा ग्रान्ड फाइनलमा खेल्ने छ ।
एसियाबाट उज्बेकिस्तानको विज्डम स्कूल छनोट भएको छ ।