०९ साउन २०८३, शनिबार

इरानसँगको गम्भीर वार्ता जारी रहँदा ट्रम्प फाइट हेर्न पुगे !

चैत २९, २०८२
काठमाडौं
इरानसँगको गम्भीर वार्ता जारी रहँदा ट्रम्प फाइट हेर्न पुगे !

पाकिस्तानमा अमेरिका र इरानबीच सघन शान्ति वार्ता जारी रहँदा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने फ्लोरिडाको मियामीमा अल्टिमेट फाइटिङ च्याम्पियनसिप खेल हेर्न पुगेका छन्।

खेल सुरु हुनुअघि रङ्गशालामा प्रवेश गरेपछि विदेश मन्त्री मार्को रुबियो राष्ट्रपति ट्रम्पको नजिकैको सिटमा बसेर उनीसँग कानेखुसी गरिरहेको देखिएको सीएनएनले समाचार छापेको छ। 

सार्वजनिक भएको भिडियोमा उनीहरूबीच केही बेर कुराकानी भएको र त्यसपछि ट्रम्पले दर्शकतिर फर्केर मुठ्ठी उठाउँदै मुस्कुराएको देखिन्छ।

यसअघि मियामी प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरूले इस्लामाबादमा भइरहेको वार्ताको प्रगतिका बारेमा सोधेको प्रश्नमा ट्रम्पले उदासीनता प्रकट गरेका थिए। उनले भने, 'इरानसँग कुनै सम्झौता हुन्छ वा हुँदैन, त्यसले मलाई कुनै फरक पर्दैन।'

राष्ट्रपति ट्रम्प खेलमा व्यस्त देखिए पनि अर्कोतिर अमेरिकी उपराष्ट्रपति जेडी भान्सले केही समयमै इस्लामाबादमा पत्रकार सम्मेलन आयोजना गरी वार्ताको पछिल्लो अवस्थाबारे जानकारी दिने कार्यक्रम रहेको छ। 

salt training

कमेन्ट गर्नुहोस्