०७ असार २०८३, आइतबार

इरानले भन्यो: अमेरिकासँग मुख्य दुई-तीन कुरा मिलेन

चैत २९, २०८२
काठमाडौं
इरानले भन्यो: अमेरिकासँग मुख्य दुई-तीन कुरा मिलेन

अमेरिकासँगको वार्ता निष्कर्षमा नपुग्नुका पछाडि ‘दुई/तीन मुख्य मुद्दा’मा असहमति रहेको इरानले जनाएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएइले आइतबार सरकारी सञ्चारमाध्यम आईआरआईबीसँग कुरा गर्दै इस्लामावादमा अमेरिकासँग भएको वार्तामा ती मुख्य विषयहरूमा सहमति नजुट्दा सम्झौता हुन नसकेको बताए।

उनका अनुसार केही विषयमा दुबै पक्षबीच सहमति बने पनि अन्य विषयमा दृष्टिकोणमा अन्तर कायमै रह्यो। यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार नबनाउने स्पष्ट प्रतिबद्धता नदिनु प्रमुख अवरोध रहेको बताएका थिए।

इरानी सरकारी सञ्चारमाध्यमहरूले तत्काल अर्को चरणको वार्ता हुने सम्भावना नदेखिएको जनाए पनि बाघाएइले कूटनीतिक प्रयास जारी रहने संकेत दिएका छन्। 'कूटनीति कहिल्यै समाप्त हुँदैन,' उनले भने।

उनले एकै चरणको वार्ताबाटै सम्झौता हुने अपेक्षा अवास्तविक रहेको उल्लेख गर्दै त्यस्तो अपेक्षा कसैले पनि नगरेको बताए।

बाघाएइले वार्ताको मध्यस्थकर्ता पाकिस्तान तथा क्षेत्रका अन्य मित्र राष्ट्रहरूसँग सम्पर्क कायम रहने बताए पनि अमेरिकासँगको वार्ता निरन्तर रहनेबारे भने स्पष्ट पारेनन्।

कमेन्ट गर्नुहोस्