३० जेठ २०८३, शनिबार

युट्युबर पोखरेललाई हजुरआमाको जिम्मा जमानीमा छाडियो

चैत २९, २०८२
काठमाडौं
युट्युबर पोखरेललाई हजुरआमाको जिम्मा जमानीमा छाडियो

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेलाई अपशब्द प्रयोग गरी गाली गरेको आरोपमा पक्राउ परेका युट्युबर रोशन पोखरेल रिहा भएका छन् ।

चैत २६ गते पक्राउ परेका उनलाई आइतबार दिउँसो हाजिरी जमानीमा छाडिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरका प्रहरी प्रमुख अनिसकुमार कर्णका अनुसार पोखरेललाई प्रहरीले बोलाएको बखत आउने सर्तमा छाडिएको हो ।

उनले लोकान्तरसँग भने, ‘रोशनलाई आफन्त (हजुरआमा)को जिम्मा लगाएर पठाइयो, प्रहरीले खोजेको बेला आउने सर्त राखिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्