
इरानको एउटा विशिष्ट टोलीले भारतको अमृतसरस्थित पवित्र हरमन्दिर साहिबमा भ्रमण तथा अवलोकन गरेको छ ।
इरानका सर्वोच्च नेता अली खामेनीका प्रतिनिधि एवं उपप्रमुख डा. मोहम्मद हुसेन जियाइनियाले उक्त पवित्र स्थलको भ्रमण गरेका हुन् ।
परम्परागत पोशाकमा सजिएका डा. जियाइनियालाई देख्दा त्यहाँ उपस्थित श्रद्धालुहरूले उनीसँग फोटो खिचाउनुका साथै हार्दिकतापूर्वक स्वागत गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।