
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाँजासहित एक जना पक्राउ परेका छन् ।
करिब २ किलो ९६ ग्राम गाँजासहित भारत घर बताउने इमरान अहमदलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो ।
श्रीलंकाको कोलम्बोबाट यूएल १८१ नम्बरको श्रीलंकन एयरलाइन्सको उडानमार्फत् काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार रि–चेकिङ एरियामा सशस्त्र प्रहरी बल नेपालको टोलीले जाँच गर्दा उक्त गाँजा फेला परेपछि नियन्त्रणमा लिएको ।
नियन्त्रणमा लिइएका उनलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीका प्रवक्ता, डीआईजी विष्णु प्रसाद भट्टले जानकारी दिए ।