०१ असार २०८३, सोमबार

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

चैत ३०, २०८२
काठमाडौं
चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी आज सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट हराएका सवारीसाधन खोजतलास गरी वास्तविक वा नक्कली नम्बर प्लेटमा १७ वटा स्कुटर र ३३ वटा मोटरसाइकल फेला पारेर आज एकैपटक सवारी धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले सवारी सुरक्षाका विषयमा सचेत रहन आग्रह गर्दै भने, 'सवारीसाधनमा जीपीएस प्रणाली जडान गर्ने, बलियो लक प्रयोग गर्ने र सुरक्षित स्थानमा पार्किङ गर्ने बानी विकास गर्न जरुरी छ । यसले चोरीका घटना न्यूनीकरण गर्न मद्दत पुर्‍याउँछ ।'

यसैगरी, ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले हराएका सवारीसाधन खोज्न विशेष टोली परिचालन गरिएको जानकारी दिए ।

उनका अनुसार कतिपय सवारी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन भइरहेको अवस्थामा फेला पारिएका थिए ।

यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्